७ बैशाख २०८१, शुक्रबार

आयुर्वेदिक औषधी वितरण



धनगढी । धनगढी स्थित सेती आयुर्वेदिक औषधालयले गोदावरी नगरपालिकालाई आयुर्वेदिक औषधी हस्तान्तरण गरेको छ ।

गोदावरी नगरपालिकामा निर्माणाधिन नागरिक आरोग्य सेवा केन्द्र मार्फत नगरवासीलाई निशुल्क औषधी वितरण गरिने गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउ“दले बताए ।

‘गोदावरी नगरपालिकामा आयुर्वेदिक केन्द्र स्थापनाका लागि हामीले माग गरेका थियौं’ उनले भने–‘सोही अनुसार सेती आयुर्वेदिक औषधालयले औषधी उपलब्ध गराएको छ, अव नागरिकलाई आयुर्वेदिक औषधी प्रयोगमा सहजता हुने छ ।’

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सेती आयुर्वेदिक औषधालय धनगढीले गोदावरी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको भवन निर्माण गरिरहेको छ । भवन सञ्चालनका लागि केही समय लाग्ने भएपछि तत्कालका लागि गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा मार्फत औषधी वितरण गरिने सेती आयुर्वेदिक औषधालयका प्रमुख डाक्टर खगेन्द्र बमले बताए ।

‘खास गरी कोरोना संक्रमित भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न आयुर्वेदिक औषधीको प्रभाव महत्वपुर्ण रह्यो’ औषधालयका प्रमुख डाक्टर बमले भने–‘त्यसैले सरकारले नै आयुर्वेदिक औषधी केन्द्र विस्तार गर्ने नीति लिएको छ, अव गाउ“गाउ“मा आयुर्वेदिक औषधी केन्द्र निर्माण हुन सक्दछन् ।’

उनले पछिल्लो समय नागरिकमा आयुर्वेदिक औषधी सेवन गर्ने वानीको विकास भइरहेको बताए । ‘अहिले देशमा खपत हुने आनैषधी मध्य ४० प्रतिशतले आयुवेर्दिक औषधी सेवन गरिरहेका छन्’ बमले भने–‘कैलालीमा पनि विभिन्न स्थानमा आयुर्वेदिक औषधालय स्थापना गरिरहेका छौं ।’

उनका अनुसार सोमबार नै कैलालीको गौरिगंगा नगरपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र मार्फत नगरपालिकालाई आयुर्वेदिक औषधी हस्तान्तरण गरिएको छ । दुई वटै केन्द्रमा तत्कालका लागि वैद्यको नियुक्ति गरेर औषधी वितरण सुरु गरिएको जनाइएको छ ।

हाल सुदूरपश्चिमका २२ वटा स्थानमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार