१० श्रावण २०८१, बिहीबार

डडेल्धुरामा स्नातक तहको प्राविधिक कलेज



डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले डिप्लोमा तहको प्रावधिक कलेज खोल्ने अनुमति पाएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा कलेजका लागि प्रस्ताव पेश गरिएकोमा उक्त प्रस्ताव मन्त्रीस्तरिय बैठकबाट पारित भई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट समेत स्वीकृत भएको नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।

उनले स्वास्थ्य शिक्षा अन्तरगत डिप्लोमा तहका ७ वटा विषय अध्यापन गराउने गरी अनुमति पाएको बताएका छन् । स्वास्थ्य शिक्षातर्फ डिप्लोमा तहको नर्सिङ, ल्याब टेक्निसियन, फार्मेसी, डेन्टल, हेल्थ असिस्टेन्ट, डाईग्नासिस रेडियोलोजी, ओप्थाल्मिक असिस्टेन्ट अध्यापनको अनुमति पाएको नगरप्रमुख ओझाले जानकारी दिए ।

अब उक्त कलेजका लागि भौतिक संरचना तयार हुने बित्तिकै अध्यापन सुरु हुने बताइएको छ । ‘हामीले किर्तीपुरमा रहेको पुरानो पारामेडिकल कलेज रहेकै ठाउ“मा कलेज स्थापना गर्ने योजना बनाएका छौ । अब सोही अनुसार संघीय तथा प्रदेश सरकारस“ग बजेट माग गर्ने योजना रहेको छ’ उनले भने ।

कलेज स्थापनाका लागि अनुमति पाइसकेको भएपनि भौतिक संरचना निर्माणमा समय लाग्ने भएकाले आगामी शैक्षिक सत्रबाट मात्रै अध्यापन सुरु हुने नगरपालिकाले जनाएको छ ।

प्राविधिक कलेज स्थापनापछि ७ पहाडी जिल्ल्लाका विद्यार्थीले महंगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ । ‘पहिलेबाट लबिङ गरेको कुरामा सफलता मिलेको छ । कलेज स्थापनापछि विद्यार्थीहरूलाई सहज त हुने नै भयो । त्यसले डडेल्धुराको व्यापार व्यवसायलाई पनि लाभ पु¥याउने हाम्रो विश्वास छ’ नगर प्रमुख ओझाले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार