१० श्रावण २०८१, बिहीबार

मार्मामा अस्थायी कोरोना अस्पताल



दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा निर्माण गरेको पाँच सैयाको कोभिड–१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरे ।

स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको निर्माण गरेको हो ।
जिल्लाका छ वटा स्थानीय तहले अझै अस्पतालको निर्माण गर्न सकेका छैनन् । मार्माले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएको अध्यक्ष जमनसिंह धामीले जानकारी दिए ।
गउ“पालिकाले वडा नं २ लटिनाथ स्वास्थ्य चौकीमा कोभिड अस्पताल बनाएको हो । अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउ“पालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।
संघीय सरकारले अस्पताल नभएका दार्चुलाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रु १० लाख बजेट पठाइसकेको छ । दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।
जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाबाहेकका सबै स्थानीय तहमा पा“च श्ययाका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहले पा“च लाख श्ययालगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने रु ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ । यस्तै रु चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा यी अस्पताल सञ्चालन गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार