१६ कार्तिक २०८१, शुक्रबार

जोरबिजोर प्रणालीबाट पठनपाठन शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा जोरबिजोर प्रणालीबाट पठनपाठन सुचारु गरिएको छ ।

कोरोना संक्रमणबीच बिहीबारदेखि जोरबिजोर प्रणाली अपनाएर पठनपाठन शुरु गरिएको वडाध्यक्ष फुलराम चौधरीले बताए ।
वडामा एक सातादेखि कोरोना भाइरस संक्रमणका नया“ केस नआएपछि आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै सामुदायिक विद्यालयमा पठनपनठान सुचारु गर्ने निर्णय गरिएको वडाध्यक्ष चौधरीले बताए ।
वडा नम्बर १५ मा चार वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार