२५ मंसिर २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेशमा कोरोना : थप ८० जनामा संक्रमण पुष्टि



धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार प्रदेशको सेती प्रादेशिक, डोटी, बैतडी र बझाङमा भएको परिक्षणमा ८० जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३२ जनाको नमुना परीक्षण गर्दा धनगढीका ४३ सहित कैलाली र कञ्चनपुरका ७० जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार धनगढीका ४३, टिकापुरका ११, गोदावरीका २, गौरीगंगाका ५, जानकीका १ र स्थानियतह नखुलेका कैलालीका थप ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कृष्णपुरका २ र भिमदत्तनगरका १ गरी कञ्चनपुरका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

उता, बैतडीमा थप एक जनामा बिहीबार कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका २५ बर्षीय पुरुषमा कोरोना पुुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । संक्रमण पुष्टि भएका व्यक्ति काठमाडौं फर्केर होम आइसोलेसनमै बसेका बताइएको छ ।

थप एक जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या चार सय ७९ पुगेको छ । ४७९ मध्ये ११ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा ५÷५ जना सक्रिय संक्रमित रहेका छन् भने सुर्नया गाउ“पालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा ७ ओटा स्थानीय तहमा सक्रिय संक्रमित छैनन् ।

जिल्ला अस्पताल डोटी प्रयोगशाला परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १९ नमुना मध्ये नया“ संक्रमित तीन र फ्लोअप तीन गरी जम्मा छ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दिपायल सिलगढी नगरपालिकाका पाच जना (दुई फलोअप) र प्रहरी कार्यलयका एक (फलोअप) जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बझाङमा ३० वटा नमुना परिक्षण गर्दा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खडकाद्धारा जारी विज्ञप्ती अनुसार बु“गल गाउ“पालिकाका २० वर्षिय पुरुष, केदारस्यू गाउ“पालिकाका ११ र २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै तीन जना फलोअप केशका विरामी संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार