१६ चैत्र २०८०, शुक्रबार

कोरोनाका कारण दुई वडा सिल गरियो



धनगढी । डोटी कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ६ र ९ सिल गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सन्तोष बोहराले दिएको जानकारी अनुसार उक्त वडाका एक पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

निज पुरुषमा कोरोना संक्रमण पुिष्ट भएस“गै उक्त वडाको नाचनथलीदेखि मुनी, कलेनजाने बाटोदेखि माथी, जिल्ला अस्पताल जाने बाटो माथि र नाचनथली मोडभन्दा मुनी सिल गरिएको वडाध्यक्ष बोहराले बताए । सिल गरिएको चार किल्लाभित्र आवतजावत गर्न निषेध गरिएको छ ।
त्यस्तै नगरपालिकाको वडा नम्बर ९ को मल्लो कलेनाका एक जनामा कोरोना संक्रमण पुष्टि भएस“गै मल्लो कलेना सिल गरिएको वडाध्यक्ष धर्म साउ“दले बताए । संक्रमित कृषि विकास बैंक सिलगढी शाखामा कार्यरत रहेको र उनीलाई संक्रमण देखिएपछि मल्लो कलेना सिल गरिएको उनले बताए ।
सिल भएका स्थानमा बसोबास गरिहेका स्थानीयको कोरोना परीक्षण हुने बताइएको छ । दुवै वडामा असोज ३० गरेसम्म सिल कायम रहने वडा कार्यालयले जनाएका छन् ।
त्यस्तै, बैतडीको पाटन नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकाले एक हप्ता सेवा बन्द गरेको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुइ जना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताएका छन् ।
कर्मचारीमा संक्रमण देखिएपछि असोज ३० गतेसम्म नगरपालिका र १० वटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने छन् । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
संक्रमित दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार