२३ बैशाख २०८१, आईतवार

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै आन्दोलन



धनगढी । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक समेत आन्दोलित भएका छन् । प्राध्यापक डा. केसीको जीवन रक्षा गरी चिकित्सा शिक्षाको सुधारका लागि उनले उठाएका माग सम्बोधन गर्न दबाब दिन सुदूरपश्चिमका चिकित्सकहरू समेत अन्दोलित भएका छन्् ।

चिकित्सक संघ सुदूरपश्चिमको अगुवाईमा सुरु भएको दबाबमुलक आन्दोलन अन्तरगत बिहिबार दुई घण्टा आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा चिकित्सकहरूले बहिस्कार गरेका छन्् । चिकित्सक संघले बिहान ९ देखि ११ बजे सम्म दुई घण्टा अस्पतालहरूमा अन्य सेवा बहिस्कार गरेका हुन् ।

यस्तै उनीहरूले हातमा कालोपट्टी बा“धेर काम गर्ने र माग पूरा नभए शुक्रबार आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्् । चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले प्राध्यापक डाक्टर केसीले उठाएका जायज माग सम्बोधनमा सरकारले बेवास्ता गरेकाले कोरोना भाईरसको महामारीमा पनि आन्दोलनमा उत्रिनु परेको बताए ।
सरकारले ढिलोगरी वार्ता टोली गठन गरेको बताउ“दै सहमती नभए शुक्रबार पनि आन्दोलनका कार्यक्रम जारी रहने बताए । ‘केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै आएका छौ“ । प्रदेशमा पनि सोही आधारमा विरोधका कार्यक्रम गर्ने छौ“’ उनले भने, ‘प्रदेशमा छुट्टै खालका दबाब मुलक कार्यक्रम पनि गर्ने की भन्ने विषयमा छलफलमा गरिरहेका छौ“ ।’
चिकित्सक संघ सुदूरपश्चिमका सचिव प्रदिप मिश्रले शिक्षा आयोग, मेडिकल कलेजमा भईरहेको बेथिति लगायतका विषय नियमन भएको दावी गरे । तर पछिल्लो ६ बु“दे मागमा भने सरकार गम्भीर नभएको उनको दावी छ । ‘गेटा मेडिकल कलेजको काम तिव्र गतीमा भईरहेको छ । मेडिकल कलेज स्थापना हुनुमा मुख्य देन केसी डाक्टर सापकै हो’ उनले भने, ‘सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या छन्् । डाक्टर केसीले उठाएका मुद्दा सम्बोधन भए मात्रै ती समस्या सामाधान हुन्छन्् । केसीले उठाएका मागहरू पुरा भए, नेपाललाई स्वास्थ्य क्षेत्रमा विश्वकै नमूना देशका रुपमा चिनाउन सक्छौ ।’
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बु“दे मागहरू राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार