३ जेष्ठ २०८१, बिहीबार

पुर्चौडीका विद्यालयहरु पुनः बन्द



बैतडी । पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए ।
७ असोजदेखि सञ्चालनमा आएका विद्यालय सोमबारदेखि पुनः बन्द भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए ।
उनले भने, ‘नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेस“गै विद्यालय पनि बन्द भएका छन्, आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौ“ ।’
पुर्चौडी नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नया“ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको छ ।
शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए ।
पुर्चौडी नगरपालिकाका ७५ सामुदायिक विद्यालयमध्ये ३९ वटामा क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् ।
बैतडी जिल्लाभरि हालसम्म ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको तथा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार