२९ बैशाख २०८१, शनिबार

डाक्टर केसीको अनसनमा ऐक्यवद्धता



धनगढी । प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनमा ऐक्यवद्धता बढ्दै गएको छ । धनगढी नागरिक समाज र पब्लिक क्याम्पस प्राध्यापक संघ, कैलाली बहुमुखी क्याम्पसले डाक्टर केसीको अनसनमा ऐक्यवद्धता जनाएका हुन् ।

डाक्टर केसीको जीवन रक्षा र उनले उठाएका माग आम जनताका भएकाले अनसनमा ऐक्यवद्धता जनाएको नागरिक समाजका अगुवा प्रमोद पाठकले जानकारी दिए ।
‘धनगढीको एलएन चौकदेखि जिल्ला प्रशासन कार्यालयसम्म ¥यालीको आयोजना गरेका थियौ“’ उनले भने– डाक्टर केसीले अघि सारेका माग आम जनताका भएकाले पूरा गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौ ।
¥यालीमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक र धनगढीका नागरिक अगुवाहरूको सहभागिता रहेको थियो ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले १९ औ“ अनसन जुम्लाबाट सुरु गरेका थिए ।
जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह सुरु भएको थियो । उनी सोमबार जुम्लाबाट नेपालगन्ज पुगेका थिए । मंगलबार नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं पुगेका उनलाई विमानस्थलबाटै डाक्टर प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो ।
नेपालीहरूको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहु“चको सुनिश्चितता लगायतका माग राख्दै अनसन सुरु गरिएको थियो । आफूस“ग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरू राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् ।
पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरू अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताउ“दै आएका छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार