३१ बैशाख २०८१, सोमबार

समुदायमा स्वाब संकलन कार्य जारी



३२ सय बढीको पिसिआर परीक्षण गरियो

धनगढी । धनगढी उपमहानगरपालिकामा समुदायमा पिसिआर परीक्षणका लागि स्वाब संकलन कार्य जारी रहेको छ । मंगलबार मात्रै थप एक सय तीन जनाको स्वावको नमुना संकलन गरिएको जनाइएको छ ।

मंगलबार निर्माण व्यवसायी संघ, कैलालीको परिसरमा शिविर राखेर स्वाव संकलन गरिएको थियो । निर्माण व्यवसायी संघ, कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिकाले स्वाव संकलन गरेको थियो ।
ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि समुदायमा पिसिआर परीक्षणको दायरा बढाइएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले समुदायमा दुई सातादेखि कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव संकलन गर्ने र परीक्षण गर्ने काम भैरहेको बताए ।
धनगढी उपमहानगरपालिकाका अनुसार मंगलबारसम्म तीन हजार दुई सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले हालसम्म परीक्षण गरिएका मध्ये चार सय ३६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
निर्माण व्यवसायीहरुको स्वाब संकलन
यसैबीच मंगलबार कैलालीका निर्माण व्यवसायीहरुको स्वाब संकलन गरिएको छ ।
निर्माण व्यवसायी संघ कैलालीको समन्वय तथा धनगढी उपमहानगरपालिकाको सहयोगमा गरिएको स्वाब संकलनमा संघका साधारण सदस्य तथा कर्मचारीहरुसहित एक सय तीन जनाकोे स्वाब संकलन गरिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार