७ कार्तिक २०८१, बुधबार

स्वास्थ्य सामाग्री प्रदान



डोटी । कोरोना सँक्रमण रोकथाम तथा उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले डोटीको पुर्वीचौकी गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय डोटीलाइ स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा, सामुदायिक बिकास मञ्च नेपालद्धारा कार्यान्वयन भइरहेको सामुदायिक बिकास परियोजना मार्फत मास्क, सेनिटाइजर र पिपिइ सेट प्रदान गरिएका छन् ।

सामुदायिक बिकास मञ्च डोटीका अध्यक्ष खडकराज शर्माका अनुसार जिल्ला स्वास्थ्य कार्यालय डोटीलाइ २५ वटा पिपिइ सेट, ५० बोतल सेनिटाइजर, दिपायल सिलगढी नगरपालिकालाइ १५ सय मास्क र पुर्वीचौकी गाउँपालिकामा १५ सय वटा मास्कहरु सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार