१० श्रावण २०८१, बिहीबार

कोरोना संक्रमितको शल्यक्रिया गर्न कोहलपुर शिक्षण अस्पतालका सेवा एक दिनका लागि बन्द



बाँके- बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आज पूर्णरुपले बन्द गरिएको छ। शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल  बन्द गरिएको हो।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ। शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए। कोरोना संक्रमित ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार