हरिप्रिया फाउन्डेसनद्धारा निशुल्क खाद्यान्न, सौन्दर्य र स्वास्थ्य सामाग्री बितरण
काठमाडौ । हरिप्रिया‐प्रकाश फाउन्डेसनबाट दुई हजार नागरिकलाई निशुल्क सौन्दर्य सामाग्री, स्वास्थ्य सामाग्री र खाद्यान्नहरु राहत बितरण गरिएको छ ।
स्वर्गिय हरिप्रिया भण्डारीका जेठा छोरा तथा सामाजिक अभियन्ता क्षितिज भण्डारीका अनुसार १० हजार नागरिकलाई लाखौंको राहत बाडने अभियानमा बिहिबार शुक्रबार गरेर दुई हजारलाई राहत दिइएको हो ।
बिहिबार एक हजार एक सय र शुक्रबार नौ सय जनालाई सँस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई राहत दिएको उनले बताए ।
आमा स्वर्गिय हरिप्रियाको स्मृतिमा राहत बितरण गरेको बताउदै नेपाली कांग्रेसका युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागी पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसन मार्फत बाडदै आएका बताएका छन् ।
लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गर्नु भएकी शिक्षा बिज्ञ एवं समाजसेवी नेतृ स्वर्गिय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत थिइन ।
छोरा भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा खाद्यान्न सहित हिमालयको फेसवासको फेसवास, मन्जन सेम्पु बितरणले सबैभन्दा बढी क्याम्पसका छात्रछात्रा र घरेलु महिला कामदारहरु आकर्षित भएका थिए ।
नेपाल प्रहरीको सहयोगले सामाजिक दूरी कायम राख्दै लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज तेल,मन्जनब्रस सनसिल्क सैम्फु, रेजरब्लेड, कैँची, नर्मल मास्क,सेनेटाईजर, मोबाइल रिचार्ज कार्डहरु बृद्धबृद्दालाई एम ९५ मास्क र पन्जाहरु बितरण गरिएको थियो ।
युवानेता भण्डारीका अनुसार मानिसमा कोरोनको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरता जरुरी हुन्छ । भण्डारी थप्छन् दाह्रीकपाल काट्न रेजरबलेड नपाएर दात माझ्ने मन्जन नभएर अनि नुहाउने साबुन, सैम्पु र मुखको सुन्दरताको लागि फेसवास, तेल, क्रिम आदि सौन्दर्य सामग्रीले आत्मबिश्वास बढाएर मनमा खुशी ल्याउछ । त्यस्तै स्वास्थ्य सामाग्रीले सुरक्षा दिने र खाद्यान्नले पेट भर्ने हुनाले आफूहरुले तीन प्रकारको सहयोग दिइएको समाजसेवी मिलन ढकाल बताउँछन । ढकालले कार्यक्रम मै केही क्वीन्टल चामल दिने घोषणा समेत गरेका थिए ।
काठमाडौं महानगरपालिका प्रतिनिधि सुशीला ढकालका अनुसार यी कार्यक्रमले भोक, सरसफाई र सुन्दरतालाई केन्द्रबिन्दु बनाई ७७ जिल्लाबाट शिक्षा र रोजगारीको लागि उपत्यका आउनुभएको तरुणविद्यार्थी र नागरिकहरुको मुखमा मुस्कान ल्याएको बताउछिन । सौन्दर्य सामाग्री बितरणको पूर्ब उपप्रधानमन्त्री प्रकाशमान सिंह र नेकपा नेताहरुले समेत शुभकामना दिएको महनगरपालिका प्रतिनिधि अर्जुन श्रेष्ठ बताउछन् ।
हरिप्रया फाउन्डेसनले सहकार्य गरेको त्रिबेणी युवा क्लबका अध्यक्ष बिन्देश खनाल र सचिब ज्ञानबहादुर श्रेष्ठको पहलमा सबैलाई प्याकेटमा पौष्टिक र तातो खाना समेत सामाजिक दूरी सहित एक हजार एक सयलाई बितरण गरिएको थियो ।
अब घोषित स्थान बाहेक फाउन्डेसनले फ्रन्टलाइनका पत्रकारलाई काठमाडौ, ललितपुर, भक्तपुर र आसपासको जिल्लाका सभापति मार्फत सौन्दर्य र स्वास्थ्य सामाग्री बितरण गरिने स्वास्थ्य बिज्ञ नारायण देव बताउँछन् ।