१२ श्रावण २०८१, शनिबार

कृत्रिम अभाव र मुल्यबृद्धि हुन थालेपछि बजार अनुगमन



धनगढी । कोराना भाइरको त्रासलाई निहु बनाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा मुल्यबृद्धिको जनगुनासो बढेसंगै धनगढीमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरेको छ ।
धनगढी उपमहानगरपालिका नगरस्तरीय बजार अनुगमन समितिका संयोजक योगेन्द्र चन्दका अनुसार धनगढीको ट्रफिक चोक, सहिदगेट र बसपार्क क्षेत्रमा औषधी पसल र किराना पसलमा अनुगमन गरिएको थियो । बजार अनुगमनका क्रममा टोलीले दुई पसल सञ्चालकलाई कारवाही गरेको छ ।
संयुक्त अनुगमन समितिले धनगढीको पाथिभारा किराना एण्ड तरकारी सप्लायर्स र न्यू गणेश किराना पसल एण्ड सप्लायर्सलाई १५÷१५ हजार रुपैया“ जरिवाना गरेको अनुगमन समिति संयोजक चन्दले बताए ।
बजार अनुगमनका क्रममा ती दुई पसलबाट म्याद नाघेका विभिन्न खाद्यवस्तु भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए ।
कार्यालय प्रमुख पुनका अनुसार संयुक्त अनुगमन समितिले बिस्कृट, चकलेट, मसला, स्याम्पुु, पतञ्जली क्रिम, चियापत्ति, सोयाविन, जिरा, धनिया, खुर्सानी, अचारका डिब्बा लगायतका म्याद नाघेका बस्तु समेत बरामद गरेको छ ।
बजारमा खाना पकाउने ग्यासको समेत जथाभावी विक्रि–वितरण हुने गरेको पाइएकाले अनुमति विना ग्यास विक्रि वितरण गर्नेलाई कारवाही गरिने उनले बताए ।
अहिले बजारमा मास्क, गावनको कृत्रिम अभाव सिर्जना गरिएको छ ।
त्यसैगरी खाना पकाउे ग्यास सहित दैनिक उपभोग्य सामग्रीको पनि अभाव सिर्जना गर्ने दुस्प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार