१६ चैत्र २०८०, शुक्रबार

मुद्दती खातामा सबैभन्दा उच्च ब्याज र बीमा सुविधा



टेकराज भट्ट प्रदेश प्रमुख
एनआइसी एसिया बैंक
सुदूरपश्चिम तथा कर्णाली प्रदेश

एनआइसी बैंकको कुन खातामा कति ब्याज पाइन्छ ?
बैंक खातो एक प्रकारको कारोबार विवरण हो । व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । चल्ती, बचत तथा मुद्दती खाता चलनचल्तीका बैंक खाताहरू हुन् । ब्याज नपाइने, तर जुनसुकै समयमा चाहेजति रकम झिक्न पाउने चल्ती खाता हो । त्यस्तै, जति पटक पनि रकम जम्मा गर्न हुने, तर निश्चित समयसीमाभित्र रहेर मात्रै रकम निकाल्न पाइने बचत खाता हो । यस्तो खातामा ६.५ प्रतिशतसम्म ब्याज पाइन्छ । त्यस्तै, एउटा निश्चित समयसिमासम्म रकम निकाल्न नपाइने गरि समय तोकेर रकम जम्मा गर्ने मुद्दती खाता हो । मुद्दती खाता तीन महिना, छ महिना, एक वर्ष, दुई वर्ष, पा“च वर्ष वा सोभन्दा बढि समयावधिको लागि खोल्न सकिन्छ । सबैभन्दा उच्च ब्याजदर पाइने खाता भनेकै मुद्दती खाता हो । एनआईसी एसिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेपको व्यक्तिगत खातामा ९.७५ प्रतिशतसम्म ब्याज दिने गरेको छ । त्यो बाहेक ग्राहकहरूले २१ लाख रूपैया“सम्मको चमत्कारिक बीमा सुविधा प्रदान गरिएको छ ।
अन्य निक्षेप खाता भन्दा मुद्दती खातालाई राम्रो भनिन्छ, किन ?
मुद्दती खातामा रकम जम्मा गरिसकेपछि बचत कर्ताले सजिलै रकम झिक्न र निकाल्न मिल्दैन । बचत कर्ताको सोही जोखिमको लागि बैंकले उच्च ब्याजदर दिने गरेको छ । त्यसैले सर्वसाधारणहरूले यस्तो खातालाई मन पराउनुहुन्छ । अहिले बजारमा अन्य खाताहरूमा बढीमा ६.५ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । तर एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ९.७५ प्रतिशत सम्मको ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा पनि छ ।
अहिलेसम्म सर्वसाधारणहरूमा मुद्दती खातामा बढी ब्याज प्राप्त हुन्छ भन्ने विश्वास छ । पछिल्लो समय बैंकहरूबीचको तीब्र प्रतिस्पर्धाका कारण बैंकहरू मुद्दति खातामा उच्च ब्याजदरसंगै अन्य सुविधा पनि प्रदान गर्न थालेका छन् । एनआईसी एसिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनाले निक्षेपकर्तालाई ब्याज मात्रै नभएर बीमा सुविधा पनि दिएर मुद्दति खाताको परिभाषा नै परिवर्तन गरिदिएको छ ।
एनआईसी बैंकको न्यू सुपर चमत्कारिक मुद्दति निक्षेप खातामा ब्याज बाहेक अन्य के के सुविधा छन् ?
एनआईसी एसिया बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ९.७५ प्रतिशत ब्याजसंगै २१ लाख रूपैया“सम्मको बीमा सुविधा पनि दिदै आएको छ । अन्य बैंकहरूले सोही ब्याजदर दिएको भए पनि बीमा सुविधा एनआईसी एसिया बैंकले मात्रै प्रदान गरिरहेको छ । न्यू सुपर चमत्कारिक मुद्दती खाता भएका ग्राहकहरूले जीवनमा आउनसक्ने अकल्पनिय घटनाको लागि २१ लाख रूपैयासम्मको तीन चमत्कारिक बीमा सुविधा पाइरहेका छन् । यो बीमा सुविधाअन्तर्गत कोही पनि खातावालाको कुनै दुर्घटनामा मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैया“सम्मको बीमा सुविधा दिएको छ । त्यस्तै, १८ वटा घातक रोगको उपचारका लागि १० लाख रूपैया“सम्म र एक लाख रुपैया“सम्मको औषधोपचार बीमा सुविधा समेत दि“दै आएको छ । त्यसैगरी ग्राहकको बहिरंग (ओपीडी) उपचार गर्नुपरेमा २० हजार रूपैया“सम्मको सुविधा पाउने छ । यो २० हजार रूपैया“ले डाक्टरको शुल्क, ल्याव टेष्ट, औषधी लगायतमा खर्च गर्न सक्नेछ । कोही ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैया“सम्म बीमाबाटै खर्च गर्न सकिनेछ । यो सबै खर्च औषधी उपचार बीमा अन्तर्गत बैंकले नै भुक्तानी गर्दै आइरहेको छ ।
यो बीमा सुविधा ग्राहक आफैले लिन कति खर्च लाग्छ ?
एनआईसी एसिया बैंकले प्रदान गर्ने २१ लाख रूपैया“सम्मको बीमा ग्राहक आफैले गर्नुपरेमा १४ हजार रुपैया“ बीमा शुल्क तिर्नुपर्छ । तर, यो न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधावापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैया“ बचत गर्न सक्नुहुनेछ । त्यसैले एनआईसी एसिया बैंकले खाता खोलेकै भरमा दिएको यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती सुविधा हो ।

मुद्दती खातामा राखेको पैसा आफूलाई आवश्यक परेको बेलामा सजिलै निकाल्न मिल्दैन । त्यस्तो वेला के गर्ने ?
हो, मुद्दती निक्षेपमा राखेको रकम समय परिपक्व नह“ुदासम्म निकाल्न मिल्दैन । ग्राहकले समय सकिएपछि मात्रै मुद्दती निक्षेपमा राखेको रकम निकाल्न सक्नुहुन्छ । तर, अकल्पनीय दुर्घटनाका कारण मुद्दती निक्षेपमा राखेको रकम परिपक्व हुनुअघि नै आवश्यक पर्न सक्छ । त्यो अवस्थामा आफूसंग भएको रकम बैंकमा बन्द हुने र आफूले अरुसंग ऋण खोज्नु पर्ने अवस्था आउन सक्छ । त्यस्तै, समस्या समाधानका लागि एनआईसी एसिया बैंकले मुद्दती निक्षेपमा बीमा सुविधा ल्याएको हो ।
एनआईसी एसिया बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा पाइने तीन बीमा सुविधाबाट ग्राहकहरूले आकस्मिक आवश्यकता पूरा गर्न सक्नुहुन्छ । यसले उहा“हरूको वित्तीय सहयोगका साथै सुविधा पनि पनि पाउनुहुन्छ । बीमा योजनाभित्र नपर्ने अन्य व्यक्तिगत कामको लागि रकम आवश्यक परेमा मुद्दती निक्षेपमा राखेको रकम धितोमा राखेर मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण लिन सकिन्छ ।

बैंकले दिएको बीमा सुविधामा सर्वसाधारणले कसरी विश्वास गर्ने ?
एनआईसी एसिया बैंकले अहिलेसम्म विभिन्न निक्षेप खाताहरूमार्फत देशभरका एक सय दुई जना ग्राहकले ६० लाख रूपैया“ बीमा रकम प्राप्त गरिसक्नुभएको छ । बैंकले ल्याएको चमत्कारिक खाताहरूमा तीन किसिमका बीमा योजना अन्तर्गत मेडिकल बीमा ३७ लाख १२ हजार ६३ रूपैया“, घातक रोगहरूको लागि १५ लाख रूपैया“ र दुर्घटना बीमाबाट सात लाख ८६ हजार पांच सय ५६ रूपैया“ सुविधा लिइसक्नु भएको छ ।
एनआईसी एसिया बैंकबाट केही हप्ताअघिमात्र अर्घाखा“चीका बुद्धिराम भूषालले घातक रोगको बीमावापत सबैभन्दा बढी १५ लाख रूपैया“ पाउनुभएको छ । यो नै हाम्रो ग्राहकहरूको लागि विश्वास गर्ने राम्रो उदाहरण हो । उहा“ले शिखर इन्स्योरेन्सबाट सो रकम पाउनु भएको छ ।
त्यस्तै दुर्घटना बीमाअन्तर्गत सुनवलका देउप्रसाद गुरुङको मृत्युपछि उहा“को परिवारले चार लाख ९१ हजार दुई सय ५३ रूपैया“ पाउनु भएको छ । उहा“को परिवारलाई नेको इन्स्योरेन्सले बीमा वापतको रकम प्रदान गरेको हो । वीरगन्जका ध्रुवसिंह ठकुरीले मेडिकल बीमा अन्तर्गत सबैभन्दा बढी एक लाख ५० हजार रूपैया“ शिखर इन्स्योरेन्सबाट प्राप्त गर्नुभएको छ । यी उदाहरणहरू नै विश्वासका आधार हुन् ।
मुद्दती खाता कसरी खोल्न सकिन्छ ?
एनआईसी एसिया बैकको जुनसुकै शाखा कार्यालयबाट मुद्दती निक्षेप खाता खोल्न सकिन्छ । त्यसबाहेक एनआइसी एसिया बैंकले इन्टरनेट बैंकिङ्ग सेवा पनि उपलब्ध गराएको छ । बैंकको इन्टरनेट बैंकिङ सेवा मार्फत ग्राहकले घरमै बसेर मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ । ग्राहकको नागरिकता र एक प्रति फोटोका आधारमा बैंकमा मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार