१२ श्रावण २०८१, शनिबार

वित्तीय साक्षरता कार्यक्रम



धनगढी । कैलालीको धनगढीमा शनिबार वित्तिय साक्षरता कार्यक्रम गरिएको छ ।
महिला लघुवित्त वित्तिय संस्थाले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ र १० का विपन्न परिवार तथा पछि परेका ४० जना महिलालाई समेटेर वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
संस्थाका शाखा कार्यालय धनगढीका प्रमुख नारद न्यौपानेले प्रशिक्षण दिएका थिए । तालिमको उद्घाटन वडा नम्बर ९ की महिला सदस्य शारदा ताम्राकारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार