११ श्रावण २०८१, शुक्रबार

एनसेलले ल्यायो– ह्याप्पीआवर अन रिचार्ज



काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले “अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ह्याप्पी आवर अन रिचार्ज अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले एक सय र सो भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गर्नेछन् ।
यो अफर बिहबारदेखि लागू भएको छ । यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रति मिनेट मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स १७१०६ ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभलिन सक्नेछन् । ग्राहकहरुले एक सय रुपैयाको रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको
लाभ ७ दिनका लागि पाउनेछन् ।
त्यस्तै, दुई सय, तीन सय र ५०० रुपैयाको रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकले एक हजार रुपैयाको रिचार्ज गर्दा ६० दिनसम्म लाभ पाउने छन् ।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार