१२ श्रावण २०८१, शनिबार

विकास सम्मेलनको तयारी



धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा हुने विकास सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी १८ गते धनगढीमा विकास सम्मेलन हुदैछ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार विकास सम्मेलनमा प्रस्तुत हुने विषयवस्तु, प्रस्तोता तथा सहजकर्ताको टुंगो लगाइएको छ । सम्मेलनमा विभिन्न छ विषयमा प्रस्तुति हुने जनाइएको छ ।
विकास सम्मेलन तयारीबारे शुक्रबार आयोजना गरिएको सरोकारवालाहरुसंगको एक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सम्मेलनमा सामाजिक, आर्थिक, वातावरण संरक्षण र भौतिक पुर्वाधार विकासका बारेमा प्रस्तुती रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार