११ श्रावण २०८१, शुक्रबार

मदिराको नियमनमा कमजोरी– व्यवसायीहरू



धनगढी । मदिरा व्यवसायीहरूले मदिरा नियमनसम्बन्धी नीति तथा कानूनहरू प्रभावकारी रुपमा कार्यान्वयन हुननसकेको गुनासो गरेका छन् ।
शनिबार नेपाल मदिरा व्यवसायी महासंघले धनगढीमा आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठिमा सहभागि व्यवसायीहरूले मदिराको नियमनमा कमीकमजोरी रहेको औल्याए ।
उनीहरूले शैक्षिक संस्था, मठमन्दिर सहित धार्मिक स्थल, सार्वजनिक निकाय र स्थलको निश्चित सिमाभित्र मदिराजन्य पदार्थ बेचबिखन गर्न नपाइने कानूनी व्यवस्था रहे पनि कार्यान्वयन हुननसकेको दोहोराए ।
कानून अनुसार शैक्षिक संस्था, धार्मिक स्थल, सरकारी कार्यालय, सार्वजनिक निकाय तथा स्थलको पा“च सय मिटर वरपर मदिरा बिक्री वितरण गर्न पाइदैन । तर, कैलाली लगायत सबै जिल्ला, शहरमा यो नियमको पालना भएको देखिदैन ।
नेपाल मदिरा व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष अशोक पाण्डेयले प्रशासनले मदिरा बिक्रिवितरणमा नियमन गर्नेतर्फ चासो नदिएका कारण ऐन कार्यान्वयन हुननसकेको बताए ।
महासंघका केन्दिय अध्यक्ष सोनाम शेर्पाले अझैं पनि अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण भइरहेको चचाए गरे । उनले अनुमति बिना उत्पादन गरिने अवैध घरेलु मदिरा कडाईका साथ नियन्त्रण नगरिए झन् समस्या बढ्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातारण मन्त्री माया भट्टले तिनै तहका सरकारहरूले अझै पनि मदिरा बिक्रि र बितरणमा कडाइ गर्न नसकेको बताईन । उनले सरकारकै लापरबाहीका कारण शैक्षिक संस्था, सार्वजनिक क्षेत्रमा खुल्ला रुपमा मदिरा बिक्रि बितरण भइरहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार