३ असार २०८१, आईतवार

छ महिनामा ५३ प्रतिशत राजश्व संकलन



सुखड । कैलालीको बर्दगोरिया गाउपालिकाले चालू आर्थिक वर्ष २०७६÷०७७ को पहिलो छ महिनाको अवधिमा वार्षिक लक्ष्यको ५३ प्रतिशत बढि संकलन गरेको छ ।
गाउपालिकाले चालू आर्थिक वर्षमा एक करोड ८५ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो छ महिनाको अवधिमा ९६ लाख रुपैया बढि संकलन गरेको छ ।
गाउ“पालिकाले आन्तरिक श्रोत तथा राजस्व बाडफाड र प्राकृतिक श्रोतबाट यो अवधिमा ९६ लाख २५ हजार रुपैया“ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ ।
गाउपालिकाको आन्तरिक श्रोत तथा राजस्व बाडफाटबाट ३२ लाख ७० हजार रुपैया“ तथा प्राकृतिक श्रोतबाट ६३ लाख ५५ हजार रुर्पैया राजस्व संकलन भएको बताईएको छ ।
छ वटा वडा मार्फत २४ लाख ४९ हजार रुपैया“, गाउ“पालिकाको कार्यालय मार्फत आठ लाख २० हजार रुपैया“ र बाकी प्राकृतिक श्रोत मार्फत राजस्व संकलन भएको हो ।
प्राकृतिक श्रोत मार्फत संकलन भएको रकमको ६० प्रतिशत गाउपालिकामा रहने र ४० प्रतिशत प्रदेश सरकार मातहतमा जाने गाँउपालिकाका कार्यकारी अधिकृत अर्जुनसिंह कार्कीले जानकारी दिए ।
गाउ“पालिकाको आन्तरिक श्रोत तथा राजस्व बाडफाट अन्तर्गत हालसम्म सबैभन्दा बढी राजस्व वडा नम्बर २ ले संकलन गरेको छ । यस वडाले चालु आर्थिक वर्षको यो अवधि सम्म ६ लाख ४८ हजार रुपैया संकलन गरेको छ ।
त्यस्तै वडा नम्बर १ ले पांच लाख ७९ हजार रुपैया“, वडा नम्बर ३ ले एक लाख ६२ हजार, वडा नम्बर ४ ले चार लाख सात हजार, वडा नम्बर ५ ले पांच लाख २७ हजार तथा वडा नम्बर ६ ले एक लाख २२ हजार रुर्पैया संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार