१० श्रावण २०८१, बिहीबार

हात्तीपाइले रोग निवारणबारे अभिमुखीकरण



बौनिया । हात्तीपाईले रोग निवारण अभियान अन्तरगत सोमबार कैलालीको कोटातुल्सीपुर स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखिकरण भएको छ ।
बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ४, ५ र ६ का महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई हात्तीपाइले रोग विरुद्धको औषधी कसरी खुवाउने भन्ने बारे जानकारी दिइएको थियो ।
बर्दगोरिया गाउपालिकामा रहेको ३९ हजार तीन सय ९६ जनसंख्यामध्ये ३६ हजार ६ सय ७४ जनालाई हात्तीपाईले विरुद्धको औषधी खुवाईने गाउापालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसमध्ये कोटातुल्सीपुर स्वास्थ्य चोैकीले वडा नम्बर ६, ५ र ४ का १८ हजार दुई सय ५६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ । प्रत्येक वडामा स्वास्थ्यकर्मी सहित २० देखि २५ जनाको टोली हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यमा खटिने जनाइएको छ ।
कार्यक्रममा कोटातुल्सीपुर स्वास्थ्य चौकी प्रमुख शिव कुमार कठरीयाले बर्दगोरीया गाउपालिकामा विगतको भन्दा यो वर्ष बढि जनसंख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने लक्ष्य लिइएको बताए ।
उनले हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत गत वर्ष कोटातुल्सीपुर र दोदोधरा स्वास्थ्य चौकीमा गरेर ७६ दशमलव तीन प्रतिशतले औषधी खाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार