२२ बैशाख २०८१, शनिबार

लुम्बिनीका शाखा विस्तार



धनगढी/लुम्बिनी विकास बैंकले धनगढीमा शाखा विस्तार गरेको छ । बिहीबार एक कार्यक्रमबीच बैंकले ६६ औ“ शाखा उद्घाटन गरिएको छ ।
लुम्बिनीको धनगढी शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक धनगढी शाखा निर्देशक निश्चल अधिकारीले सम्पूर्ण बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन अनुसार सहुलियत पूर्ण कर्जा प्रवाह गर्न आग्रह गरे ।
बैंकका अध्यक्ष दशरथ रिसालले बैंकले पारिवारिक वातावरण बनाएर आफूहरूसँग जोडिन आउने लगानीकर्तालाई उचित लाभांश दिने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह वोहराले विकास बैंकको हकमा चालू आर्थिक वर्षमा सबैभन्दा बढी २० प्रतिशत लाभांश वितरण गरेको बताए ।
उनले अछामको वैद्यनाथ धाममा संस्कृत विषय अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि दुई लाख रुपैया सहयोग गरिएको बताए ।
बैंक शाखा उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन बैंकका धनगढी शाखा प्रबन्धक सविन घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार