आयात विस्थापन : घोषणा र पहल
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रदेशमा आयात घटाउदै निर्यातमा उल्लेख्य बृद्धि गर्ने घोषणा गरेको थियो । प्रदेश सरकार मात्रै होइन, स्वयं संघीय सरकारले पनि पटकपटक आयात प्रतिस्थापनको चर्चा गर्दै आएको छ । तर, लामो समयदेखि हरेक वर्ष आयातको तुलनामा निर्यातको हिस्सा नाम मात्रको रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशको मात्रै कुरा गर्ने हो भने पनि पछिल्लो पा“च वर्षको अवधिमा भारत तथा तेस्रो मुलुकबाट सामान आयातको तुलनामा प्रदेशबाट भारत तथा तेस्रो मुलुकतर्फ निर्यातको अवस्था निकै दयनीय रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढि आयात तथा निर्यात हुने भन्सार नाकाका रुपमा रहेको कैलालीको त्रिनगर भन्सार नाकाबाट पछिल्लो साढे पा“च वर्षको अवधिमा भएको आयात तथा निर्यातको तुलना गर्ने हो भने एकासी अर्ब रुपैया“ बढिको व्यापार घाटा भएको देखिन्छ । अर्थात यो अवधिमा त्रिनगर भन्सार नाकाबाट मात्रै सुदूरपश्चिम प्रदेशमा करिब साढे चौरासी अर्ब रुपैया“ बढी मूल्य बराबरको सामाग्री आयात भएको थियो भने सो अवधिमा सो नाकामार्फत निर्यात भएको अंक तीन अर्ब रुपैयाको हाराहारीमा मात्रै थियो । चालू आर्थिक वर्षको पहिलो छ महिनाको तथ्यांक हेर्ने हो भने त्रिनगर भन्सार नाकामार्फत साढे एक्काइस अर्ब रुपैया मूल्य बराबरको सामग्री आयात भइसकेको छ भने सो अवधिमा निर्यात भएको अंक एक अर्ब रुपैया पनि पुगेको देखिदैन ।
लामो समयदेखि राष्ट्रिय स्तरमै निर्यातको तुलनामा आयातको अंक निकै अधिक रहेको सन्दर्भमा एकैचोटी उल्लेख्य रुपमा आयात कम गर्र्नु पक्कै पनि ठूलो चुनौतिपूर्ण छ । कृषि उत्पादन वर्षेनी ह्रास भइरहेको तथा गैर कृषि उत्पादन पनि बढ्न नसकेको परिप्रेक्ष्यमा सुदूरपश्चिम प्रदेशले निर्यातमा आशातित सुधार गर्न ठूलै प्रयास गर्नुपर्ने हुन्छ । सरकारले नीति तथा कार्यक्रम अथवा भाषण वा अन्य कुनै घोषणामा आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बताएर मात्रै लक्ष्य प्राप्त भइहाल्छ भन्ने कल्पना नै गर्न सकिदैन । ठूला उद्देश्य, लक्ष्य लिनै पाइदैन भनिएको होइन । तर, त्यस्ता उद्देश्य र लक्ष्य प्राप्तीका लागि के कस्ता प्रयास वा पहल भएगरिए भन्ने प्रमुख सवाल हो । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा होस अथवा सरकारका लक्ष्य र कार्यक्रम जनता सामु प्रस्तुत गर्ने क्रममा होस्, आफूले व्यक्त गरेका लक्ष्य प्राप्त गर्न के काम अघि बढायो ? भन्ने आंकलनको विषय हो । दुर्भाग्य नै मान्नु पर्दछ, अहिलेसम्म प्रदेश सरकारले प्रदेशमा कृषि उत्पादन तथा गैरकृषि उत्पादन बृद्धि गर्नका लागि गम्भीर पहल गर्न सकेको छैन ।
पक्कै पनि इन्धन, मेसिन औजार, उपकरण लगायतका केही सामग्रीको आयात विस्थापन गर्ने लक्ष्य टाढाको विषय हो । तर, खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूधजन्य पदार्थ, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामग्रीको आयात क मगर्न सकिन्छ । र, सरकारले साच्चै नै गम्भीर भएर काम गर्ने हो भने स्थानीय उत्पादन बृद्धि मात्रै नभएर निर्यात पनि उल्लेख्य रुपमा बृद्धि गर्न सम्भव हुने छ ।