२९ माघ २०८१, मंगलवार

घोडाघोडी लघुवित्तको नयाँ कार्यसमिति गठन



धनगढी । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको नयाँ कार्यसमिति गठन भएको छ ।
संस्थाको चौथो साधारण सभाले संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः प्रभातकुमार चौधरीलाई चयन गरेको छ ।
संस्थाको सञ्चालक समिति सदस्यमा पुरन चौधरी, पिंगला थारु, बुधराम चौधरी र नेत्रबहादुर चन्द रहेका छन् ।
संस्थाको नया“ सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका निर्देशक अधिकारीले लघुवित्त संस्थाले सीमान्तकृत वर्गहरूको जीवनस्तर सुधारमा योगदान पुर्‍याउनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्नु नारायण चौधरी, नेपाल राष्ट्र बैंकका उपनिर्देशक मनोज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत चौधरीले संस्थाले ३१ करोड रुपैया लगानी गरेको बताए । उनका अनुसार गत असार मसान्तसम्म संस्थाको लगानी १९ करोड रुपैया तथा चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा थप १२ करोड रुपैया लगानी भएको छ ।
कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कैलाली र कञ्चनपुरका १६ स्थानीय तहमा १० शाखा, तीन सय ९२ केन्द्र, नौ सय २३ समुह, चार हजार पांच सय ६९ सदस्य र दुई हजार नौ सय चार ऋणी रहेका छन् ।
प्रमुख कार्यकारी अधिकृत चौधरीका अनुसार संस्थाले गत आर्थिक वर्ष २०७५÷०७६ सम्म दुई करोड ७६ लाख २५ हजार सेयर पु“जी, सदस्यहरूको बचत एक करोड ८६ लाख ५४ हजार, बैंक तथा वित्तीय संस्थाको कर्जा सापटी १६ करोड ७० लाख तीन हजार सहित २१ करोड ३२ लाख ८२ हजार रुपैया शेयर पु“जी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार