८ असार २०८१, शुक्रबार

महुलिया खानेपानी आयोजना निर्माण शुरु



कञ्चनपुर । ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा खानेपानी आयोजनाको निर्माण कार्य शुरु भएको छ ।
१५ करोड रुपैयाको लागतमा निर्माण गरिने सो खानेपानी आयोजनाको निर्माण कार्य चाल्र आर्थिक वर्ष २०७६÷०७७ मा पुरा हुने वडाध्यक्ष डम्बर बहादुर कार्कीले बताए ।
आयोजना अन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिने तथा एक हजार १५० मिटर पाइपलाइन बिछ्याइने उनले बताए ।
सो खानेपानी आयोजनाबाट सो वडाका एक हजार छ सय बासिन्दा लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार