१२ श्रावण २०८१, शनिबार

खप्तड साइपालको साधारण सभा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको खप्तड साईपाल बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा शनिबार भएको छ ।
साधारण सभाको एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश सभा सदस्य पन्तले कतिपय सहकारी संस्थाले ाम्रो काम गरे पनि केही गलत संस्थाका कारण पुरै सहकारी सस्थामाथि नै आरोप लाग्ने गरेको बताए ।
उनले भने– कतिपय सहकारी संस्थाहरू सहकारीको मुल्य मान्यता बिपरित चलिरहेको पाइन्छन् । त्यसैले सहकारी संस्थाहरूको संख्या मात्रै थप्नेतिर भन्दा कुनै पनि कारणले राम्ररी सञ्चालन हुननसकेका सहकारी संस्थाहरुलाई एकापसमा गाभ्ने नीति अवलम्बन गर्नु जरुरी भइरहेको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले सहकारी संस्थाले सेयर सदस्यहरूको आर्थिक अवस्था सुधारमा ध्यान दिन आग्रह गरे ।
सहकारी संस्था महासंघका पूर्व केन्द्रिय सदस्य भोज बमले कतिपय सहकारी विधिविधान अनुसार संचालन हुन नसकेका कारण समस्या देखिने गरेको बताए ।
कार्यक्रममा खप्तड साईपाल बचत तथा ऋण सहकारीका संचालक सदस्य अमृत बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभा संस्थाका अध्यक्ष भानुभक्त जोशीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार