१० श्रावण २०८१, बिहीबार

लक्ष्मीको साधारण सभा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा शनिबार भएको छ ।
साधारण सभाको धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् ।
सो अवसरमा उपप्रमुख भट्टले सहकारी संस्थाहरूलाई समृद्धिको आधार बनाउनु पर्ने चर्चा गरिन् । उनले सहकारी संस्थाहरूले व्यवस्थापनमा बढि ध्यान दिन आग्रह गरिन् ।
उनले उपमहानगरपालिकाले निस्कृय सहकारी सस्थाहरूलाई सक्रिय बनाउने प्रयास गरिरहेको बताइन् । उनले भनिन्– हामी दर्ता मात्रै भएर काम नगर्ने अथवा कुनै पनि कारणले निष्कृय रहेका सहकारी संस्थाहरूलाई सक्रिय बनाउने प्रयास गरिरहेका छौं । यति गर्दागर्दै पनि राम्रो काम गर्न नचाहने वा कामै गर्न नचाहने संस्थालाई अर्को संस्थामा गाभ्ने वा खारेज गरिने छ ।

त्यसैगरी उपप्रमुख भट्टले शनिवार नै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको बिशाल ज्योती बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभाको पनि उद्घाटन गरिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार