२८ पुष २०८१, आईतवार

एनआइसीको न्यु सुपर चमत्कारिक निक्षेप योजना



धनगढी/एनआईसी एसिया बैंकले न्यु सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ ।
एनआईसी एसिया बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ निक्षेप योजना सार्वजनिक गरियो ।
सो अवसरमा एनआइसी एसिया बैंकका सहायक प्रदेश प्रमुख श्रद्धा भण्डारीले न्यु सुपर चामत्कारिक खाता खोल्ने ग्राहकलाई १० लाख रुपैया“सम्मको दुर्घटना बीमा, १० लाख रुपैयाँ सम्मको १८ वटा घातक रोगहरूको बीमा र एक लाख रुपैयासम्मको स्वास्थ्य बीमाको सुविधा प्रदान गरिने बताइन् ।
एनआईसी एसिया बैंकको न्यु सुपर चमत्कारिक खातालाई सिल्भर, गोल्ड र डायमण्ड गरी तीन श्रेणीमा विभाजन गरिएकोे छ । बैंकका प्रदेश निक्षेप प्रमुख खेमराज भट्टले न्यु सुपर चमत्कारिक खाता खोल्ने वित्तिकै बीमा सेवा पनि लागू हुने बताए । उनले यी तीनै श्रेणीका खातामा वार्षिक साढे छ प्रतिशत ब्याज दिने सुविधा रहेको बताए ।
एनआइसी एसिया बैंकले सबै प्रकारका खातावालाहरूले लकर सुविधा, डिम्याट खाता खोल्ने, ईकमर्श एक्टिभेशन, अनलाईन मुद्दति खाताको सुविधा, क्रेडिट कार्ड निःशुल्क पाउने जनाएको छ ।
एनआईसी एसिया बैंकले कर्जाको ब्याजदर र प्राशासनिक शुल्कमा विशेष छुट दिने तथा जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार