१२ श्रावण २०८१, शनिबार

ग्रामीण विद्युत सहकारीको साधारण सभा



धनगढी/ कैलालीको मसुरिया ग्रामीण विद्युत सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा शनिबार भएको छ ।
साधारण सभामा एक करोड छ लाख ३३ हजार रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियो ।
संस्थाले १२ वर्षको अवधिमा आठ वटा ट्रान्सफर्मरबाट एक हजार सात सय परिवारलाई विद्युत सेवा प्रवाह गरिरहेको जनाइएको छ ।
कार्यक्रमको वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद तिवारीले उद्घाटन गरेका थिए । साधारण सभा संस्थाका अध्यक्ष मनिराम चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष रमेशकुमार भाटले आर्थिक वर्ष २०७५÷२०७६ को आयव्यय प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव भोजबहादुर मन्नीले सञ्चालन गरेको कार्यक्रममा नियमित मासिक बिल भुक्तानी गर्ने ग्राहक घुमन चौधरी, मीनादेवी कुँवर, जोगे आउजी, डिल्लीराम ढकाल र सावी खातीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार