१२ श्रावण २०८१, शनिबार

कैलारीमा वित्तीय साक्षरता कार्यक्रम



धनगढी/ कैलारी गाउँपालिका वडा नम्बर ८ मा शनिबार वित्तीय साक्षरता कार्यक्रम भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा भएको कार्यक्रमको गौरिगंगा नगरपालिका वडा नम्बर १० का अध्यक्ष पदम ऐर्ले उद्घाटन गरे । कार्यक्रम संस्थाका प्रदेश प्रमुख केशवराज पाठकको अध्यक्षतामा भएको थियो ।
संस्थाका कार्यकारी सहायक बिष्णुराम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन दीपकराज अवस्थीले गरेका थिए ।
संस्थाका शाखा प्रमुख मुकेश चौधरीका अनुसार संस्थाका हाल ८७ वटा केन्द्र रहेका छन् । संस्थाले हालसम्म एक करोड २४ लाख ५९ हजार रुपैयाँ बचत तथा चार करोड २९ लाख १७ हजार रुपैयाँ लगानी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार