१९ मंसिर २०८२, शुक्रबार

रुद्र अटोमोटिभ्स सञ्चालनमा



धनगढी/नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको अत्तरियामा नयाँ शोरुमँ‘रुद्र अटोमोटिभस सञ्चालनमा ल्याएको छ ।
कैलालीमा बजाजको नयाँ शोरुमले आफना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई मोटरसाइकलको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजले आफनो बिक्रीलाई थप सशक्त बनाउने विश्वास कम्पनीको छ ।
कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले नयाँ शोरुम उद्घाटनसँगै यस क्षेत्रका उपभोक्तालाई सेवा पुग्ने विश्वास व्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार