११ श्रावण २०८१, शुक्रबार

चौमासिक प्रगतिको समिक्षा



धनगढी/ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीको प्रथम चौमासिक प्रगतिको समिक्षा गरिएको छ ।
कार्यालयले शुक्रबार एक गोष्ठी आयोजना गरी क्षेत्रीय कार्यालय, डिभिजन कार्यालयहरू र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरूको समिक्षा गरेको हो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीका प्रमुख सुमन धिताल, डिभिजन कार्यालय बैतडीका निमित्त प्रमुख कृष्णदत्त लेखक, डोटीका निमित्त प्रमुख निराजन मगर, डडेल्धुराका प्रमुख गणेशदत्त जोशी, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय धनगढीका प्रमुख हरिसिंह बोहराले कार्यालयको प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपसचिव विष्णुप्रसाद कोइराला, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश सचिव भोजराज जोशी, घरेलु तथा साना उद्योग कार्यालयका हंशराज भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यालय प्रमुख धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन खाद्य निरीक्षक दिपक कुवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार