१२ श्रावण २०८१, शनिबार

विविध कार्यक्रमसहित निर्माण दिवस मनाइयो



धनगढी । निर्माण ब्यवसायी संघ कैलालीले १२ औं राष्ट्रिय निर्माण दिवस विभिन्न कार्यक्रम गरि आईतबार मनाएको छ ।


१२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा १८ जनाले रक्तदान गरेका थिए भने निर्माण ब्यवसायी कैलालीको परिसरमा सरसफाई कार्यक्रम गरिएको हो । त्यस्तै असाहय मानबको संरक्षण गर्दै आएको दृष्र्टी फाउन्डेसनलाई कम्बल, खाद्यान्न बितरण तथा आर्थिक सहयोग गरिएको छ ।
नेपाल निर्माण ब्यवसायी महासंघका सल्लाहारकार भिम बहादुर साउदले निर्माण कार्यलाई प्रभाबकारी बनाउन समयमै काम गर्नुपर्ने बताए । उनले निर्माण ब्यवसायी संघ कैलाली बिभिन्न क्षेत्रमा उत्कृष्ट निर्माण ब्यवसायी भएकाले यसलाई राम्रो बनाउन अनुशासनका साथै ब्यवस्थापन भएर जानुपर्ने बताए ।
निर्माण ब्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले निर्माण ब्यवसायी ठेक्का सम्झौता र पैसा कमाउने मात्र गर्ने नभई सामाजिक सेवामा काम गरिहेको बताए । उनले ब्यवसायीक हक हितका लागी निर्माण ब्यवसायी जहिले पनी अग्रसर भएर लागीरहेको बताए । उनले ब्यवसायीहरूले १२ औ राष्ट्रिय निर्माण दिवस मनाउदै गर्दा पनी निर्माण ब्यवसायीका समस्या समाधान हुन नसकेको गुनासो व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार