३ वर्षभित्र चीनबाट पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् ।
रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट नेपालमा तेल ल्याउने दावी गरेका हुन् ।
अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गति दिन लागि परेको भन्दै मन्त्री भट्टले भने, ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’
आफूले कुरा गर्नेभन्दा पनि काम गर्ने भन्दै उनले आफ्नो क्षमता र तागतअनुसार इमानदारीपूर्वक जिम्मेवारी र दायित्व पूरा गर्ने बताए । ‘अरुले जस्तै म ठूलो कुरा गर्ने मान्छे होइन् । म त काम गर्ने मान्छे हुँ । म पूरा इमानदारीपूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छु,’ उनले भने ।