१२ श्रावण २०८१, शनिबार

रिचार्जमा चमत्कार स्कीम विजेतालाई पुरस्कार



धनगढी । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ स्किमका बिजेतालाई पुरस्कार घोषणा गरेको छ ।


एक टिभी कार्यक्रम र आफनो फेसबुक पेज मार्फत पा“च भाग्यशाली कोडहरूको घोषणा गरेको हो । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहेक एनसेल ग्राहकले जनही दुई लाख नगद पुरस्कार जितेका छन् ।
आफनो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउ“छन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरूलाई एनसेलले शुक्रबार भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरूले हप्तामा एक सय रुपैया“ वा यसभन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको र योजनाको प्रत्येक चार हप्ताको समापनस“गै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले १०० रुपैया“ वा त्योभन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैया“ बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार