१२ श्रावण २०८१, शनिबार

चार महिनामा ३० प्रतिशत राजस्व संकलन



धनगढी । आन्तरिक राजस्व कार्यालय सेती अञ्चलले चालू आर्थिक वर्षको पहिलो चार महिनामाको अवधिमा ३० प्रतिशत राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय, सेतीलाई गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७६÷०७७ मा दोब्बर बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा पा“च अर्ब १५ करोड रुपैया राजस्व संकलनको लक्ष्य दिइएको छ ।


आन्तरिक राजस्व कार्यालयले आर्थिक गत आर्थिक वर्ष २०७५÷०७६ मा दुई अर्ब ४२ करोड रुपैया“ राजस्व संकलनको लक्ष्य पाएकोमा तीन अर्ब ७२ करोड रुपैया (१५४ प्रतिशत) राजस्व संकलन गरेको थियो ।
कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले चालू आर्थिक आर्थिक वर्ष २०७६÷७७ को कार्तिक महिनासम्म एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार रुपैया“ राजस्व संकलन गरेको जानकारी दिए । उनले तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको बताए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार चाल्र आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा एक अर्ब ६१ करोड दुई लाख ९७ हजार रुपैया“ राजस्व संकलन लक्ष्य ताकिएको थियो । कार्यालय प्रमुख श्रेष्ठले भने– ‘आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन लक्ष्य पुरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्य अनुरुप नै संकलन हुन्छ ।
आन्तरिक राजस्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशूल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मुल्य अभिबृद्धि कर बढी संकलन भइरहेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा अन्तःशुल्क ४२३३५७००० ४२ करोड ३३ लाख ५७ हजार रुपैया संकलन गरेको छ भने मूल्य अभिबृद्धि करतर्फ एक अर्ब १० करोड ३० लाख एक हजार रुपैया संकलन गरेको छ ।
त्यस्तै, घर भाडा कर अन्तर्गत दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा दुई करोड पा“च लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत एक लाख ५० रुर्पैया राजस्व संकलन गरेको जनाएको छ ।
कर सप्ताह समापन
मंसिर १ गतेदेखि शुरु भएको आठौं कर सप्ताह शनिबार समापन भएको छ । कर सप्ताह समापनका अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले करदाताले राज्यलाई कर तिर्ने कामलाई गौरबका रुपमा बुझ्न आग्रह गरे ।
‘हामीले तिरेको करबाटै राज्य सञ्चालन, विकास निर्माण लगायतका काम सञ्चालन हुन्छन्’ प्रमुख जिल्ला अधिकारी बोहराले भने– नागरिकले राज्यलाई कर तिर्न झन्झट तथा बोझका रुपमा लिनुहुदैन । र कर कार्यालयले पनि करमैत्री वातावरण बनाउन सधैं गम्भीर हुनुपर्दछ ।
कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले करको नामबाट व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गरे । उपाध्यक्ष ओझाले भने– सेवाग्राहीहरू कर तिर्नका लागि कार्यालय आउदा राम्रो व्यवहार गरिदिनुस् । नजानेको सिकाई दिनुुस् । एकैचोटी लाखौ रुपैया करको बोझ दिएर व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था नबनाइदिनुस् ।
कार्यक्रममा नेपाल अडिटर्स एशोसियसनका सुदूरपश्चिम प्रदेश अध्यक्ष भागिराम केसीले व्यवसायीलाई स्वच्छ, पारदर्शी र स्पष्ट ढंगले लेखा परीक्षण तथा वित्तीय व्यवस्थापन गर्न सुझाव दिए । उनले कर कार्यालयले सबै बैंकमा कर दाखिला गर्ने व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने– अहिले कर दाखिला गर्दा व्यवसायीले एभरेष्ट बैंक जानुपर्ने बाध्यता छ । मेरो अनुरोध छ, जसलाई जहा सहज हुन्छ त्यही बैंकमा कर दाखिला गर्ने व्यवस्था मिलाउनुस् ।
कार्यक्रम आन्तरिक राजस्व कार्यालयका कार्यालय प्रमुख चन्द्रकान्त श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
पा“च जना सम्मानित
आन्तरिक राजस्व कार्यालय कैलालीले समयमा र सबैभन्दा बढी कर तिर्ने पा“च जना व्यवसायीलाई सम्मान गरेको छ ।
आठौं कर सप्ताहको समापन समारोहमा शनिबार कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका एक÷एक व्यवसायीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
सम्मानित हुनेमा कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले सम्मानपत्र ग्रहण गरेका थिए ।
त्यस्तै, डोटीको जेभी ट्रेडर्सका सञ्चालक जंगबहादुर रावल, अछामका सविल टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक अक्रामुल श्रेष्ठ, बाजुराको डिवि खाद्य अर्डर एण्ड सप्लायर्सकी सञ्चालक फुगी जोशी र बझाङको सलोन इन्टरप्राइजेजका सञ्चालक नरेन्द्रबहादुर खडकालाई सम्मान गरियो । प्रमुख जिल्ला अधिकारी बोहराले पा“चै जनालाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार