११ श्रावण २०८१, शुक्रबार

होटल व्यवसायी संघको साधारण सभा



धनगढी । होटल व्यवसायी संघ कैलालीको साधारण सभा शनिबार धनगढीमा भएको छ । साधारण सभाले आगामी फागुनमा धनगढीमा फुड फेष्टिवल आयोजना गर्ने निर्णय गरेको छ ।


संघका अध्यक्ष कलमबहादुर बमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन संघले फूड फेष्टिवल सहितका कार्यक्रम आयोजना गर्ने बताए ।
साधारण सभाले संघको आफ्नो कार्यालय भवन निर्माण कार्य अगाडी बढाउने पनि निर्णय गरेको छ । संघका अध्यक्ष बमले संघको कार्यालय भवन निर्माणका लागि हसनपुरमा रहेको आफ्नो व्यक्तिगत जमिन उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।
ंसंघका महासचिव केशव पाण्डेले साधारण सभाले संस्थाको विधान परिमार्जन गर्दै २१ सदस्यीय कार्यसमिति बनाउने प्रस्ताव पारित गरेको बताए ।
यसअघि साधारण सभाको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष कुँवरले सुदूरपश्चिम प्रदेशमा पर्यटक आगमनमा बृद्धि हुने सम्भावना रहेको चर्चा गरे ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सुदूरपश्चिम प्रदेशका अधिकांस स्थानमा सडक विस्तार भइरहेका कारण पर्यटकीयस्थलहरूमा होटल सञ्चालनमा बृद्धि गर्नुपर्ने बताए ।
नाटाका अध्यक्ष मायाप्रकाश भट्टले निजी क्षेत्रको लामो प्रयासपछि हाल धनगढीमा स्तरिय होटलहरू सञ्चालन भइरहेको बताए ।
कार्यक्रम होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार