सुदूरपश्चिममा एसएमएल इसुजु गाडीको बिक्री सुरु
धनगढी । सुदूरपश्चिम प्रदेशमा एसएमएल इसुजु गाडीको बिक्री शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक विक्रेता पिएस मोटर्सले बुधबारदेखि ईसुजु गाडीको बिक्री शुरु गरेको जनाएको छ ।
बुधबार जयमालिका यातायातका अध्यक्ष प्रेमनाथ योगीले पदम रावललाई गाडीको चांबी हस्तान्तरण गरे ।
जापानिज मोटर निर्माता कम्पनी ईसुजुका ट्रक तथा बस सुदूरपश्चिममा वढी रुचाईने विश्वासका साथ ईसुजु गाडीको बिक्री शुरु गरिएको पिएस मोटर्सका सञ्चालक गोविन्दराज रेग्मीले बताए ।
एसएमएल ईसुजुका विभिन्न मोडेलका बस, ट्रक, स्कुल बस, टिप्पर बिक्री गरिने पिएस मोटर्सले जनाएको छ ।
पिएस मोटर्सका सञ्चालक रेग्मीका अनुसार हाल नेपालमा ईसुजुका बस तथा ट्रक नेशनल मोटर्सले बिक्री गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेशमा पिएस मोटर्सले बिक्री र मर्मत सेवा दिने छ ।