१२ श्रावण २०८१, शनिबार

मलेसियामा मृत्यु भएका प्राखिन परिवारलाई आर्थिक सहयोग



धनगढी । रोजगारीका क्रममा मलेसीयामा मृत्यु भएका टेकबहादुर प्राखिनका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का टेकबहादुरको गत असोज ८ गते वैदेशीक रोजगारीको शिलशीलामा मलेसीयामा मृत्यु भएको थियो । मलेसियामा रहेका नेपालीहरूले ५८ हजार रुपैया संकलन गरी सहयोग गरेको बताइएको छ
सो रकम रोजगारीको शिलशीलामा मलेसीयाको विभिन्न क्षेत्रमा रहेका नेपालीहरूले संकलन गरेका थिए । संकलन गरिएको सो रकम कैलालीका पत्रकार कृतबहादुर बिष्ट तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा प्रदान गरिएको थियो ।
मृतक प्राखिनकी श्रीमती मालती पाख्रीनलाई सो रकम हस्तान्तरण गरिएको पत्रकार बिष्ट जानकारी दिए ।
मलेसीयाबाट आर्थिक संकलन गरी मृतक परिवारलाई सहयोग गर्ने केदार तामाङ्गले विदेशी भुमीमा नेपाली परिवारले आफ्न्त गुमाउनु पर्दाको पिडालाई अलिकती भएपनि कम गर्न आफुहरूले आर्थिक सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार