१२ श्रावण २०८१, शनिबार

सुपथ मूल्यको कारोबारमा भारी गिरावट



धनगढी ।  यस वर्ष दशैंतिहार लक्षित सञ्चालन भएका सुपथ मूल्य पसलको कारोबारमा भारी गिरावट आएको छ । गत वर्ष प्रदेशका सात ठाउँमा सञ्चालन भएका सुपथ मूल्य पसल यस वर्ष धनगढीमा एक ठाउँबाट मात्रै सञ्चालन भएको थियो ।


गत वर्ष दशैंतिहारको अवधिमा एक करोड २० लाख रुपैयाको कारोबार भएकोमा यस वर्ष ३७ लाख ४४ हजार रुपैयाको मात्र कारोबार भएको जनाइएको छ । प्रदेशका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनु तथा अनलाईन ढुवानीका कारण कारोबारमा गिरावट आएको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए ।
स्थानीय तहको सक्रियतामा सञ्चालन हुन सक्ने सुपथ पसलका लागि कुनै पनि पालिकाबाट पहल नभएकाले यो वर्ष पसल सञ्चालनमा कठिनाइ भएको उनले बताए ।
डोटीको केआईसिंह गाउँपालिकाले १८ लाख रुपैया बराबारको कारोबार गरे पनि अन्य कुनै स्थानीय तहले त्यसको पहल गर्न नसकेको उनले बताए । साल्ट ट्रेडिङले प्रदेशका ९ जिल्लामा ३० ठाउँबाट कारोबार गर्दै आएको छ ।
तर ती कुनै पनि कार्यालयमा इन्टरनेटको पहु“च र जनशक्ति नभए पछि सरकारले अनिवार्य गरेको अनलाइन बिलिङ प्रक्रियामा कुनै पनि कार्यालय जानसकेका छैनन् । जसले गर्दा कारोबारमा गिरावट आएको साल्ट ट्रेडिङको प्रदेश कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार