११ श्रावण २०८१, शुक्रबार

पर्यटन गुरुयोजनाका लागि कार्यशाला



सुखड । घोडाघोडी ताल क्षेत्रको पर्यटन विकास गुरुयोजना निमार्णका लागि कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा मंगलबार कार्यशाला भएको छ ।


कार्यक्रम वृहत घोडाघोडी ताल तथा पर्यटन विकास वोर्ड उपाध्यक्ष दयाराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यशालामा वृहत घोडाघोडी ताल तथा पर्यटन विकास वोर्ड उपाध्यक्ष चौधरीले पहिलो पटक घोडाघोडीको गुरुयोजना निमार्णका लागि सुझाव संकलन गरेर बनाएको प्रस्ताबिक तयार पारिएको घोडाघोडी ताल क्षेत्रको पर्यटन विकास गुरुयोजनाको नमुना प्रस्तुत गरेका थिए ।
प्रस्ताबिक नमुना गुरु योजनामा मंगलबार पनि ५ ओटा टोली बनाएर पर्यटकिय विकासका लागी सहभागीहरुबाट सुझाबहरु संकलन गरीएको थियो ।
पुर्वाधारको विकास, घोडाघोडी ताल क्षेत्र व्यवस्थापन र आर्थिक प्रोत्साहन भित्र रहेको बिभिन्न बिषय बस्तुमा सहभागीहरुबाट सुझाब संकलन गरीएको थियो । बढीजसोले घोडाघोडी तालको जैबिक बिभितालाई असर नपार्ने गरी काम गर्न पर्यटन वोर्डलाई सहभागीहरुको सुझाब दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार