१० श्रावण २०८१, बिहीबार

कलौनी सुदूरपश्चिम प्रदेश प्रमुख बन्ने प्रवल सम्भावना



धनगढी । सरकारले सबै सात प्रदेशका प्रमुखहरूलाई आइतबाट पदमुक्त गरेसंगै नया“ प्रदेश प्रमुखको चर्चा शुरु भएको छ । यस क्रममा पुराना वामपन्थी नेता गोविन्दप्रसाद कलौनी सुदूरपश्चिम प्रदेश प्रमुख बन्ने चर्चा व्यापक भएको छ ।
सत्तारुढ नेकपाको उच्च स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रमुखमा कलौनी नियुक्त हुने निश्चित जस्तै छ । तत्कालीन माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा त्रिलोचन भट्ट चयन भएकाले तत्कालिन नेकपा एमालेले प्रदेश प्रमुख पाउने बताइएको छ ।
पुराना बामपन्थी नेता कलौनी अहिलेसम्म ठूलो अवसर नपाएका तत्कालीन एमालेका उच्च तहका नेता मानिन्छन् । उनले डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका छन् ।
पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सकेका छैनन् । उनी २०५१ सालको मध्यावधि निर्वाचनमा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने २०५६ सालमा बैतडी र २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए ।
६५ वर्षीय कलौनी एकपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए पनि पराजित भएका थिए ।
सम्भवतः आज (आइतबार) राति नै सात वटै प्रदेशका प्रमुख नियुक्त हुने बताइएको । प्रदेश प्रमुखहरूको नियुक्तीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साझ नै मन्त्रीपरिषद् बैठक समेत बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार