२ जेष्ठ २०८१, बुधबार

धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्दै



अनुमोदन समाचार/धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नै स्वामित्वमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने प्रक्रिया शुरु गरेको छ ।

उपमहानगरपालिकाले होटल व्यवस्थापन तथा अटोमोबाइल इन्जिनियरिङमा स्नातक तहको प्राविधिक कक्षा सञ्चालन गर्ने जनाएको छ । प्राविधिक शिक्षालय सञ्चालन गर्ने धनगढी उपमहानगरपालिका मुलुककै दोस्रो स्थानीय तह हो । यसअघि भक्तपुर नगरपालिकाले स्वप कलेज अफ इन्जिनियरिङ सञ्चालन गर्दै आएको छ ।
त्रिभूवन विश्वविद्यालयबाट प्राविधिक शिक्षालय सञ्चालन गर्ने स्वीकृती पाएपछि धनगढी उपमहानगरपालिकाले यसै शैक्षिक सत्रबाट पठनपाठनको तयारी गरिएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी) संगको साझेदारीमा उपमहानगरपालिकाले धनगढी पोलिटेक्नीकल ईन्स्टिच्युट (प्राविधिक शिक्षालय) सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
“हाम्रो अहिलेको शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन तथा स्वरोजगारी सिर्जनामा खासै योगदान गर्न नसकेको अनुभव गरेर उपमहानगरपालिका आफैंले पनि प्राविधिक शिक्षालय सञ्चालन गर्ने जमर्काे गरेका छौं” पत्रकार सम्मेलनमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने– न्युन शैक्षिक शुल्कमा प्राविधिक शिक्षा दिने लक्ष्यसहित यो शिक्षालय खोलेका छौं ।
उनले तत्काललाई धनगढीमा रहेका कुनै सामुदायिक विद्यालयमा नै प्राविधिक कक्षा सञ्चालन गरिने बताए ।
उपमहानगरपालिकाले सञ्चालन गर्ने प्राविधिक शिक्षालयमा डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङमा ४८ र डिप्लोमा इन होटल म्यानेजमेन्टमा ४० वटा कोटा रहेको बताए । उनले भने– अटोमोवाईल ईन्जिनियरिङ कक्षाका लागि उपमहानगरपालिकाका प्रत्येक वडाबाट एक, सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट एकएक, खुला तथा समावेशी आधारमा १९ र उपमहानगरपालिकाको सिफारिसमा एक जना गरि ४८ वटा कोटा निर्धारण गर्ने सोच बनाएका छौं ।
त्यस्तै, होटल म्यानेजमेन्टमा उपमहानगरपालिकाका प्रत्येक वडाबाट एक गरी १९, प्रदेशका नौ जिल्लाबाट एकएक गरी नौ, कार्यपालिकाको सिफारिसमा एक र खुला तथा सामवेशी आधारमा ११ समेत ४० वटा कोटा निर्धारण गरिने उनले बताए ।
नगर प्रमुख वडले दुवै विषयको तीन वर्षे कोर्षका लागि बढीमा दुई लाख रुपैया पढाई शुल्क लाग्ने बताए । उनले भने– यस मध्ये अतिगरिब, मध्यम आर्थिक अवस्था तथा राम्रो आर्थिक अवस्था भएका व्यक्तिको छनोट गरि स्कलरसीप, आंशिक स्कलरसीप र डोनेशनको व्यवस्था गर्ने सोच बनाएका छौं ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले सञ्चालन गर्ने प्राविधिक शिक्षाबारे प्रस्तुति गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख डाक्टर कुष्माकर भट्टले सुदूरपश्चिम, कर्णाली तथा पा“ नम्बर प्रदेशमा डिप्लोमा तहको अटोमोवाईल इन्जिनियरिङ कक्षा सञ्चालनमा नरहेको बताए । उनले भने– अटोमोबाइल इन्जिनिरिङ तथा होटल म्यानेजमेन्ट सम्बन्धी शिक्षा प्राप्त गर्ने विद्यार्थीले सजिलै रोजगार पाउने विश्वास व्यक्त गरे ।
सिटिइभिटी प्रदेश कार्यालय प्रमुख डाक्टर भट्टले सुदूरपश्चिममा प्राविधिक शिक्षाको विस्तार र बजार मागलाई सम्बोधन गर्ने नया“ कार्यक्रमहरू स्थानीय तह र सिटिइभीटीबीच साझेदारीका रुपमा सञ्चालन गर्ने क्रममा यो कार्यक्रम अघि बढाइएको बताए ।
यो कार्यक्रम कार्यान्वयनको सञ्चालन सम्बन्धी सम्पूर्ण व्यवस्थापन तथा निर्णय अधिकार धनगढी उपमहानगरपालिकाको रहने जनाइएको छ ।
त्यस्तै, यो कार्यक्रम उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने र आवश्यक प्राविधिक सहयोग सिटिईभीटीले उपलब्ध गराउने गरि प्राविधिक शिक्षालय सञ्चालन विधि तय गरिएको छ ।
कार्यक्रमको विशेषताबारे चर्चा गर्दै डाक्टर भट्टले सुदूरपश्चिम प्रदेशमा साझेदारीमा सञ्चालित पहिलो संस्था रहेको बताए । उनले प्राविधिक शिक्षामा स्थानीय सरकारको साझेदारी, कम शुल्कमा महंगो विषयको अध्ययनको अवसर, लैंगिक तथा सामाजिक समावेशीताका लागि कोटा निर्धारण गर्ने अधिकार सम्बन्धित पालिकामा, शिक्षा र उद्योग प्रवद्र्धन संगै लान सकिने र स्वरोजगारी, रोजगारी तथा बैदेशिक रोजगारीका अवसरहरू तुलनात्मक रुपमा अधिक रहेको बताए ।
धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु कोईरालाले सिटिईभीटीको प्रवेश परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले धनगढी पोलिटेक्नीकल ईन्स्टिच्युट (प्राविधिक शिक्षालय) मा स्वतः भर्ना पाउने भए पनि नया“ले पुनः भर्ना परीक्षामा सहभागी हुनुपर्ने बताए ।
उनका अनुसार भर्नाका लागि आवेदन गर्ने समय कार्तिक १७ गतेसम्म रहेको र शनिवार र विदाको दिनमा समेत आवेदन लिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार