१२ श्रावण २०८१, शनिबार

बजार अनुमगन तीब्र बनाइयो



धनगढी । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चाडपर्व लक्षित बजार अनुगमनमा तिव्रता दिएको छ । दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाई गरिएको जनाइएको छ ।


स्थानीय तहका जनप्रतिनिधी विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरूको प्रत्यक्ष सहभागीतामा धनगढी लगायत आसपासका बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरेको थियो ।
चाडपर्वको समयमा धनगढी, अत्तरिया क्षेत्रका खाद्य स्वच्छतासंग प्रत्यक्ष सरोकार राख्ने होटल, रेष्टुरेन्ट, भोजनालय, किराना, मिठाई पसल खाद्य स्टोर, माछा तथा मासु पसल वा व्यवसाय, उद्योगहरूमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले हालसम्म एक सय ७२ स्थानमा अनुगमन गरिसकेको जनाएको छ । कार्यालयका अनुसार ५९ वटा किराना पसल, डिपार्टमेन्ट स्टोर र खाद्य स्टोर, ७० वटा होटल, क्याफे, नास्ता, मिष्ठान्न भण्डार तथा मिठाई पसल, १८ वटा डेरी पसल तथा उद्योग, १३ मासु उत्पादन पसल र १२ वटा पानी पसलमा अनुगमन गरिएको छ ।
त्यस्तै अनुगमनका क्रममा भेटिएका म्याद नाघेका, गुणस्तरहिन र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरेको छ । खाद्यान्न दलहन तथा मसलाजन्य वस्तु ५६ केजी, माछा मासु ४० केजी, तेल तथा घ्यु १२ लिटर, पेय पदार्थ ४१३ लिटर, मिठाई जन्य ८ केजी र कृतिम चुक ६ सय लिटर नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जानकारी दिएको छ ।
बजार अनुगमनले चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रण गर्न सहयोग पुगेको खाद्य अनुसन्धान अधिकृत दिपक कुवँरले बताए । उनले भने, ‘कालोबजारी, मिसावट लगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिएको थियो, कालोबजारी गर्नेलाई कारवाही समेत गरेका छौ ।’

न्यू अनुपमाको शिल खोलियो

सरसफाईमा ध्यान नदिएको भन्दै बुधबार शिल गरिएको न्यू अनुपमा मिठाई पसलको भान्साको शिल विहिबार खोलिएको छ ।
मिठाई पसलका सञ्चालक लोकराज पन्तले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा सरसफाई राख्ने बयान दिएको र शिल खोलिदिन आग्रह गरेपछि भान्सा खोलिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कु“वरले बताए ।
‘पसलले सुधार गरेर अघि बढ्छु भनेको छ । हामीले पनि खाद्य स्वच्छतालाई कायम राख्नुपर्छ भन्ने मान्यता हो । त्यसैले शिल खोलिएको हो’ उनले भने । मिठाई पसलको शिल खाद्य अनुसन्धान अधिकृत दीपक कु“वर, पसलका सञ्चालक पन्त, सञ्चारकर्मी लगायतको उपस्थितिमा खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार