३० बैशाख २०८१, आईतवार

चुरेमा पर्यटन विकासका लागि पहल



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखराज भट्टले चुरेमा पर्यटनको विकासका लागि पहल भइरहेको बताएका छन् ।


चुरे गाउँपालिकाले मंगलबार सहजपुरमा दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले चुरेमा कृषि, पर्यटन र उद्योगको रुपमा विकास गर्न पहल भइरहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री कृष्णराज सुवेदीले चुरे गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए ।
कार्यक्रम चुरे गाउ“पालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी, नेपाली का“ग्रेसका नेता भोजबहादुर छेडाल, नेकपाका नेता डिल्लीराज भट्ट, प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष दीपादेवी साउ“दले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार