११ श्रावण २०८१, शुक्रबार

सडक निर्माणमा विवाद बढ्दा झडप



बैतडी । सडक निर्माण गर्ने क्रममा जग्गाको विवाद हुँदा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ मा सोमबार स्थानीयबीच नै झडप भएको छ । झडपका क्रममा आठ जना घाइते भएका छन । सडक खन्न गएको डोजर तोडफोड भएको छ ।


बैतडीको देहिमाण्डौ–गिरेगाडा सडक खण्डको सुन्नाखान हुँदै दशरथचन्द नगरपालिका वडा नम्बर ९ पार्स जाने ग्रामीण सडक खन्न डोजर गएपछि स्थानीयबीच जग्गा विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि भएको झडपमा धर्मानन्द जोशी, सन्तोष जोशी, दिनेश जोशी, भोजराज जोशी, नारायण जोशी, पुष्कर जोशी तथा डोजर चालक र सहचालक घाईते भएको सडक उपभोक्ता समितिका अध्यक्ष केशवदत्त जोशीले बताए । घाईतेहरु सबैको बैतडी जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
सडक उपभोक्त समितिका अध्यक्ष जोशीका अनुसार पा“चसय मिटर मात्र सडक खन्न बा“की रहेको अवस्थामा स्थानीयले विवाद गरेका थिए । दशरथचन्द नगरपालिकाकोे अनुमतिमा सडक खन्न ठेकेदारले डोजर पठाएपछि स्थानीय दुर्गादत्त जोशी लगायतले आफ्नो जग्गामा सडक खन्न नपाइने भन्दै विरोध गरेका थिए ।
दुर्गादत्तले बिना ईष्टमेट र बिना बजेट जथाभावी सडक खन्न डोजर आएपछि आफुहरूले विरोध गरेको बताए । उनले गत चैतमा बैतडी जिल्ला प्रशासन कार्यालयमा जथाभावी सडक खन्ने काम रोकिपाऊ भन्ने निवेदन समेत दिइसकेको बताए । उनले नगरपालिकाले जग्गाधनीलाई कुनै सूचना नै नगरेर गाउ“मा डोजर पठाएको आरोप लगाए ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले दशरथचन्द नगरपालिका वडा नम्बर ९ का स्थानीयको यसअघि नै निवेदन आएपछि नगरपालिकालाई विवाद मिलाएर सडक खन्न पत्राचार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार