१२ श्रावण २०८१, शनिबार

जिल्ला खेलकुद विकास समितिको जिम्मेवारी बाबुराजालाई



धनगढी । जिल्ला खेलकुद विकास समिति कैलालीको अध्यक्षको जिम्मेवारी बाबुराजा श्रेष्ठलाई प्रदान गरिएको छ । जिल्ल खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपकबहादुर सिंहको कार्यकाल सकिएपछि समिति नेतृत्वबिहीन भएको थियो ।


राष्ट्रिय खेलकुद परिषद्ले उनलाई बिहीबार अध्यक्षको जिम्मेवारी प्रदान गरेको जनाइएको छ । परिषद्ले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि समितीका सम्पुर्ण गतिविधिहरूको सञ्चालन तथा नियमनको अधिकार सहित अध्यक्षको जिम्मेवारी तोकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार