११ श्रावण २०८१, शुक्रबार

नेकपाको चियापान: समाज विभाजन गर्ने विरुद्ध कडा प्रतिकार – नेता रावल (फाेटाे फिचरसहित)



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीम रावलले चाडपर्व मन माझ्ने माध्यम रहेको बताएका छन् ।

दशैं, दिपावली तथा छठपर्वको अवसरमा नेकपा सुदूरपश्चिमले मंगलबार धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता रावलले चाडपर्वको अवसरमा जमघट हुँदा मन कुरा एक अर्कालाई राख्ने अवसर जुट्ने गरेको बताए । उनले पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदानले विकास र समृद्धिका लागि प्रेरणा प्रदान गरेको बताए ।

सो अवसरमा उनले मिलेर बसेका नेपालीलाई विभिन्न नाममा विभाजन गर्न रोख्ने विरुद्ध कडा रुपमा प्रतिकार समेत गर्ने बताए । उनले जातजातिको नाममा राज्य माग्नु दुःखको कुरा रहेको बताए ।
नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले चाडपर्व जीवन पद्दति रहेको बताए । उनले समाजलाई आपसमा जोड्ने कडीको रुपमा चाडपर्वलाई मनाउनुपर्ने बताए । विगतमा आफूहरुले पूर्वीय दर्शन नबुझेकाले चाडपर्वको विरोध गरेको बताए । उनले हरेक चाडपर्वमा विकृतिहरु समेत रहेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको विकासको जिम्मेवारी प्रदेशमै आएकाले अवको दिनमा प्रदेशको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । उनले सबै जना मिलेर अगाडि बढेमा सुदूरपश्चिमको विकास गर्न सकिने बताए । संविधानले दिएको अधिकारमा रहेर प्रदेशको विकासका लागि प्रदेश सरकारले तीनै तहका सरकारहरुसंग समन्वय र सहकार्य गरिरहेको उनले बताए ।
नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा, संघीय सांसद्हरु, प्रदेशका मन्त्रीहरु, सांसद्हरु, स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा कर्मचारी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार