१२ श्रावण २०८१, शनिबार

टीकापुरमा आन्तरिक पर्यटक आगमनमा बृद्धि



टीकापुर । वडादशैं सकिएपछि टीकापुर पार्कमा आन्तरिक पर्यटक आगमनमा बृद्धि हु्न थालेको छ ।

टीकापुर पार्कमा प्रायः दशै तिहारको समय र नयाँ बर्षमा पर्यटकको ओइरो लाग्ने गर्दछ । बडादशैं मनाएपछि टीकापु्र पार्कमा साथीभाई, घरपरिवार घुम्ने आउने गरेको पार्क इञ्चार्ज अर्जुन कुंवरले जानकारी दिए ।
पार्कमा २२ गतेबाट आन्तरिक पर्यटक आउने क्रम बढेको छ । टीकापुर पार्कमा तीन दिनमा ९२ हजार पा“च सय रुपैया राजश्व संकलन भएको पार्कका कर्मचारी बिनोद चौधरीले जानकारी दिए ।
अन्य दिन दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेकोमा अहिले टीकापुर पार्कमा तीन दिनयता दैनिक हजारौं मानिस आउन थालेका छन् । टीकापुर पार्कमा आउने पर्यटकहरु पार्कमै पकाएर पिकनिक खाने गर्दछन् । कतिपय घुम्न र फोटो खिच्नका लागि पार्कमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार