११ श्रावण २०८१, शुक्रबार

दोब्बर बढी भाडा असुल्दै जीपसेवा



बाजुरा । बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने जीप सेवाले यात्रुसंग चर्को भाडा असुल्दै आएका छन् ।


मार्तडीदेखि कोल्टीसम्मको दूरी ४१ किलोमिटर रहेको छ । सो रुटका लागि सात सय रुपैया भाडा निर्धारण गरिएको छ । तर, सो रुटमा चल्ने जीप व्यवसायीले प्रति यात्रु एक हजार पा“च सय रुपैया भाडा लिने गरेका छन् ।
यात्रु्हरूले जीप व्यवसायीले मनपरि ढंगले भाडा असुल्ने गरेको गुनासो गरे । चाडवाडको मौका छोपेर निर्धारित भाडा भन्दा दोब्बर भाडा असुलिरहेको भए पनि प्रशासनले कुनै चासो नलिएको यात्रु्हरूले बताए ।
मार्तडी–कोल्टी रुटमा बाजुुराका चार स्थानीय तहका साथै हुम्ला र मुगु जिल्लाका यात्रु समेत ओहरदोहर गर्ने गर्दछन् ।
स्थानीय प्रशासनले मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर कच्ची सडक भएका कारण यातायात व्यवसायीको मर्कालाई ध्यानमा राखेर बढी भाडा (सात सय रुपैया) कायम गरेको जनाएको छ । मार्तडी–कोल्टी रुटमा दिनहु ३० बढी जीप चल्ने गरेका छन । कच्ची तथा हिलाम्मे बाटो भएका कारण बढि भाडा लिनुपरेको स्वामिकार्तिक यातायात व्यवासायी संघले जनाएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले मार्तडी–कोल्टी सडकखण्डमा जीप व्यवसायीहरूले तोकिएको भन्दा बढी भाडा लिने गरेकोबारे जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार